काठमाडौं, २२ बैशाख ।
शनिबारको बैठकमा सहमति गरेपनि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले छलफल सुरु गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुले छलफल गरेका हुन् ।
शनिबारको सचिवालय बैठकले पार्टीको अन्तरकलहको अस्थायी समाधान निकालेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता हो । सचिवालय बैठकले पार्टीलाई एकताबद्ध राख्ने, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने सहमति गरेको थियो ।
यसका लागि २४ बैशाखमा पुनस्ःसचिवालय र २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ । दुई नेताबीच स्थायी कमिटी बैठकका एजेन्डा तय र शक्ति बाँडफाँडका विषयमा छलफल गर्न भेट भएको हो ।
आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो । पार्टीको मार्ग्निर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने सचिवालयको निर्णय छ । यसबाहेक उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाका लागि उम्मेद्वार बनाउने नेकपाको निर्णय छ ।
२० गतेको बैठकअघि ओलीले प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिएर विवाद मिलाएको बताइन्छ ।