काठमाडौं, २२ बैशाख ।
समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादबलाई अपहरण गरेको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । आफूहरुले अपहरण नगरेको र गलत उजुरी दिइएको भन्दै भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा काउन्टर उजुरी दिएका हुन् ।
गत बिहीबार उनीहरुविरुद्ध सांसद डा. यादबले कारबाहीको माग गरी उजुरी दिएका थिए । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।
आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।
पार्टी फुटाउनका लागि उनीहरुले डा.यादबलाई काठमाडौं ल्याएका थिए । स्रोतका अनुसार सत्तापक्षको दबाबमा आयोगले सांसद यादबको उजुरी उपर छानबिन अघि बढाएको छैन ।
प्रहरी र सरकारी वकिल कार्यालयले समेत जाहेरी नलिएपछि पीडित पक्ष सर्वाेच्च अदालत जाने तयारीमा छन् ।
आयोगले पूर्व महानिरीक्षक खनाललाई त कुमार पौडेल इन्काउन्टर घटनामा समेत कारबाहीको निर्देशन दिएको थियो । जून अझै कार्यान्वायन भएको छैन ।