Logo
Logo

प्रभु इन्स्योरेन्सको बोनस सेयर धनीको हितग्राही खातामा जम्मा


567
Shares

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीको हितग्राही खातामा ४।७५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ । कम्पनीले बैशाख २० गते सम्पन्न साधारण सभाबाट पारित भएको उक्त बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।

बैशाख ७ गतेको अघिल्लो दिनसम्म कारोबार भई लिखतमा रहेका सेयरधनीहरूले मात्र बोनस सेयर प्राप्त गर्ने कम्पनीले जनाएको छ । बैशाख ६ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयर धनीहरुको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ ।

बोनस सेयर हितग्राही खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोली आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीले एक सूचनामार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्