काठमाडौं । भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा शनिबार राति गुरुग्रामस्थित एक निजी अस्पतालमा निधन भएको हो ।
पूर्वकांग्रेस सांसद र राज्यसभा सदस्य नटवर सिंह तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको नेतृत्वमा रहेको यूपीए–१ सरकारको अवधिमा २००४–०५ को अवधिमा भारतका विदेशमन्त्री थिए ।
सिंहलाई सन् १९८४ मा पद्मभूषण प्रदान गरिएको थियो । नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए, जसका कारण उनी निकै विवादमा तानिएका थिए ।
पीटीआईका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।