काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्ड नामक बन्दमुखी योजनाहरूको लाभांश घोषणा गरिएको छ ।
योजना व्यवस्थापकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फन्डका इकाई धनीहरु लाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैंकले सनराइज फर्स्ट म्युचल फण्डका इकाई धनीहरूलाई करसहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी फन्डका इकाई धनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।