Logo
Logo

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सम्झौता


189
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्‍याउने उद्देश्य सहित सम्झौता भएको हो ।

एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ् र महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका थिए ।

महासंघका ६७ जिल्ला च्याप्टरमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षरताको लागि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा जस्तो सेवाहरु बैंकसँग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्