Logo
Logo

पाण्डेद्वारा खाद्यन्न सामग्री सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं २३ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरसबाट सुरक्षित हुन र सम्भावित संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनबाट प्रभावित विपन्न घर परिवारलाई भोकै बस्न नपरोस् भन्ने भावनाले पर्यावरणवादी एवं समाजसेवी पुष्पराज पाण्डेले कलंकी चोकमा सञ्चालित सामुहिक मेसमा बिभिन्न खाद्य सामाग्री उपलब्ध गराएर ‘सबैका लागि खाना’ भन्ने अभियानलाई थप सहयोग गरेका छन् ।
समाजसेवी पाण्डेले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर फैलिरहेको र यसको रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन भएको अवस्थामा दैनिक गुजारा चलाउन कठिन भएकाहरुका लागि राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको बताए । लकडाउनको अवस्थामा घरबाहिर गएर सामान्य अवस्थामा जस्तै ज्याला मजदुरी गर्न नपाएका तीन सय जनाभन्दा बढीलाई दैनिक जीवनलाई थोरै भएपनि सहज बनाउन सकिन्छ कि भन्ने सोचका साथ राहतस्वरुप खाद्य सामग्री वितरण गरेको उनको भनाइ छ । उनले लकडाउनको बेला घरमै बसी कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन पनि सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्