Logo
Logo

आत्मालोचनापछि फेरियो ओलीको कार्यशैली, नेताहरुसँग छलफल थाले


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यशैलीमा केही सुधार ल्याएका छन् । एकलौटी ढंगले अघि बढ्न खोज्दा पद नै जाने जोखिम भएपछि उनी छलफलमा लागेका छन् ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग उनले सोमबार छलफल गरेकोमा मंगलबार पनि भेटेका छन् । प्रचण्डपछि झलनाथ खनाललाई समेत बालुवाटारमा बोलाएर उनले छलफल गरेका छन् । अर्का नेता माधव नेपालसँग पनि उनले भेटवार्ता गर्न लागेका छन् । उपाध्यक्ष वामदेव गौतमलाई पनि फकाएका छन् ।

बुधबार नेकपाको सचिवालय तथा बिहीबार स्थायी कमिटि बैठक बस्दैछ । बैठकअघि ओलीले सबै नेताहरुसँग छलफल थालेका हुन् । उनले प्रचण्डलाई पार्टीका सञ्चालनको अधिकार दिने सहमति गरिसकेका छन् । २० गतेको बैठकमा उनले आत्मालोचना गरेका थिए ।

पछिल्लो पटक पार्टीका एक व्यक्ति एक पदको प्रस्ताव अघि बढेको छ । सचिवालय र स्थायी कमिटीमा प्रचण्डले प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् ।
ओली पहिलेभन्दा केही लचक भएको तर कार्यशैलीमा धेरै सुधार ल्याउनुपर्ने एक नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्