काठमाडौं, २२ बैशाख ।
प्रहरी प्रधान कार्यालयले १६ जना एसपीको सरुवा गरेको छ । यसअघि काज सरुवा भएकाहरुलाई सम्बन्धित कार्यालयमै दरबन्दी कायम गरिएको छ ।
पर्सामा गंगा पन्त, बारामा कृष्ण पंगेनी, चितवनका नान्ति गुरुङ, तीन महिनाअघि नै गएकोमा उनीहरुको त्यही पदस्थापन भउको छ ।
कैलालीका अनुपमशमेशर जबरा, पश्चिम नवलपरासीका अजय केसी, बर्दियाका केदार रजौरे, दाङका गणेश चन्द र सुनसरीका कमल थापा, चितवनका नान्तिराज गुरुङ, बाग्लुङका शारदा चौधरी र कर्मचारी प्रशासनका जनार्दन जीसीको सरुवा भएको छ । उनीहरुको यसअघि नै काज सरुवा भएको थियो ।
बढुवामा छुटेका एसपी सुरेन्द्र मैनालीलाई पहरा गण तथा चक्रबहादुर सिंह २ नम्बर गणको जिम्मेवारी दिइएको छ । दिनेशराज मैनाली यूएन जगेडा, विकासराज खनाल ५ नम्बर प्रदेश दंगागण, बिमलराज कँडेल स्याङ्जा, मनोजकुमार यादवकाे १ नम्बर प्रदेश दंगा गण सरुवा भएको छ ।
थप एसपीको सरुवाको तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । मोरङ, कास्की, सिरहा, सप्तरी, महोत्तरी, कपिलवस्तु, पाल्पा, लगायत जिल्लाका एसपीहरुको हेरफेर हुन लागेको छ ।
ठूलो संख्यामा डिएसपीको पनि सरुवा हुन लागेको छ । एसपीमा बढुवा भएर रित्त भएका कार्यालयहर समेत रिक्त छन् । सरुवामा ठूलो दबाबका कारण समयमा निर्णय हुन सकेको छैन । उपत्यकाका धेरै वृत्त इन्चार्जहरु फेरिने सम्भावना छ ।