काठमाडौं, २३ बैशाख ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सम्पती विवरणअनुसार अधिकारी र उनकी श्रीमती सरिताको नाममा करोडौं सम्पत्ति छ ।
यसैगरि आफु, श्रीमती र दुई छोराछोरीका नाममा विभिन्न कम्पनीका ५५ हजारभन्दा बढी कित्ता सेयर रहेको बताएका छन्। इन्भेष्टमेन्ट फन्डमा ५० लाख रुपैयाँसहित विभिन्न कम्पनीका धितोपत्रमा १ करोड ७ लाख रुपैयाँ लगानी रहेको उल्लेख छ। मध्य तमोर कम्पनीलाई ५० लाख ऋण दिएको उल्लेख छ।
सुन वा सुनको गहना करिब २७ तोला र ५० तोला चाँदी रहेको उल्लेख छ। उनले आफ्नो एकल परिवारका सदस्यको नाममा विभिन्न बैंक खातामा १२ लाख २४ हजार ६ सय रुपैयाँ रहेको बताएका छन्।
अधिकारीले आफ्नो नाममा ललितपुरको सैंबु( ८ मा ०–१३–३–१ रोपनी र मकवानपुरको हेटौंडा( १ हटियामा ०–०२–०० कठ्ठा जग्गा रहेको उल्लेख गरेका छन्। यसैगरि श्रीमतीको नाममा झापाको साविक सुरुङ्गा गाविस वडा नम्वर १ मा ०–१६–१८ बिघा, ०–१२–४ बिघा, ०–७–४ बिघा, १–५–४ बिघा रहेको उल्लेख छ।
ललितपुरको छम्पी गाविसका तीन छुट्टै ठाउँमा ४–१०–०–० रोपनी, २–१५–०–० रोपनी र २–६–०–० रोपनी जग्गा श्रीमती सरिताको नाममा रहेको सम्पत्ती विवरणमा उल्लेख छ। ल्लितपुरमै उनीसँग करिब नौ रोपनी जग्गा देखिएको छ । सम्पत्ति सार्वजनिक गरेर गभर्नर नेपालले आफु पारदर्शी रहेको सन्देष दिन खोजेका छन् ।
उनी नेपाल राष्ट्र बैंककै पूर्व कर्मचारी हुन् ।