Logo
Logo

उदयपुरका ६ कोरोना संक्रमित निको भए


- दृष्टि न्युज/संवाददाता

0
Shares

विराटनगर, २३ बैशाख ।
विराटनगरको कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा उपचारमा रहेका ६ जना निको भएका छन् । नेगेटिभ रिपोर्ट आएप्छि उनीहरुलाई भोलि बिहान ८ बजे डिस्चार्ज गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले ६ जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिएका छन् । घिमिरेले भने,‘‘उहाँहरुलाई भोलि नै डिस्चार्ज गर्ने तयारी गरेका छौं ।’’ बैशाख ५ र ६ गते उदयपुरबाट ल्याइएका १३ जना कोरोना संक्रमितमध्ये ६ जनामा स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेले बताए । उनीहरुको तीन पटकसम्म स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहमद रशिद रहेका छन् ।

उनीहरु सबैको रगत परीक्षणको काम बाँकी रहेकाले बुधबारमात्र डिस्चार्ज दिइने कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई विराटनगरको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने छ । त्यहाँ दशवटा बेडरुम र त्यति नै शौचालय भएको मस्जिदमा राख्ने तयारी प्रदेश सरकारको छ ।
उदयपुरमा मात्र २८ जनामा संक्रमण देखिएको थियो । अन्य बिरामीको अवस्था समेत सामान्य रहेको छ ।

नेपालमा हालसम्म ८२ जनामा संक्रमित भएकाेमा यसअघि १६ जना निकाे भइसकेका छन् । निकाे हुनेकाे स‌ख्या अब २१ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्