Logo
Logo

नेपाल टेलिकमको नाफा १६. ४४ प्रतिशतले घट्यो


315
Shares

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो ।

यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ । नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो ।
आय नै घटेकाले आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले कम हो ।

अघिल्लो आर्थिक वर्ष खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो। यस अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्