Logo
Logo

दोहामा इजरायल-हमासबीच वार्ता : इजरायली जासूस प्रमुखहरु पनि सहभागी


882
Shares

काठमाडौं । इजरायलका जासूस प्रमुखहरू आज दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएका छन् ।
‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ’ बुधबार जारी एक विज्ञप्तिमा भनिएको छ ।

इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले एएफपीसँग बताएका छन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन । हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भनेका छन्, ‘मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।’

प्रतिक्रिया दिनुहोस्