Logo
Logo

कृष्णबहादुर अधिकारी निफ्राको सीईओ नियुक्त


756
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गरेको हो । बैंकले विज्ञप्ति जारी गर्दै भदौ २ गतेदेखि लागू हुने गरि अधिकारीलाई सीईओ नियुक्त गरिएको जानकारी दिएको छ ।

नवनियुक्त अधिकारी नेपाल बैंकका पूर्व सीईओ हुन् । तत्कालीन सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएपछि हाल बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङले कामुको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्