Logo
Logo

लकडाउन लम्बाउन मन्त्रिपरिषद् बैठक बस्दै, जेठभरी हुनसक्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ बैशाख
सरकारले तत्काल लकडाउनको मोडालिटी हेरफेर नगर्ने भएको छ । अत्याबश्यक र कृषि क्षेत्र बाहेक अन्यत्र लकडाउन खुकुलो नहुने भएको छ ।


सरकारले बुधबार जेठको पहिलो सातासम्म लकडाउन लम्बाउने तयारी गरेको छ । मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समवन्य समितिको बैठकले लकडाउन लम्बाउन सिफारिस गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले कहिलेसम्म लम्बाउने निर्णय गर्ने छ ।

समितिको बैठकमा पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित थिए । उनले मन्त्रीहरुको ब्रिफिङ सुनेपछि तत्काल खुकुलो बनाउने अवस्था नभएको बताएका छन् । एक मन्त्रीका अनुसार जेठको पहिलो सातापछि अवस्था हेरेर मात्र मोडालिटी परिवर्तन हुन सम्भावना छ । कोरोना पूर्ण रुपमा नियन्त्रण नभई खोल्न नमिल्ने भएकाले लकडाउन जेठभरी हुनसक्ने सम्भावना छ ।

संक्रमण नदेखिएका केही क्षेत्रमा कार्यलय तथा व्यवसाय सञ्चालनको माग बढ्दै गएको छ । तर, परीक्षण नै कम भएको र संक्रमित व्यक्तिलाई हप्तौंसम्म लक्षण समेत नदेखिने भएकाले खुकुलो बनाउँदा जोखिम हुने निष्कर्ष निकालिएको छ । बैठकमा केही मन्त्रीले आर्थिक क्षेत्रमा ठूलो असर परेकाले पूर्ण रुपमा स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न दिन सकिने प्रस्ताव गरेका थिए । यसरकारले यसअघि नै सुरक्षा अपनाएर उद्योग तथा विकास निर्माणका काम सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । अन्य व्यवसाय सञ्चालनका लागि बुधबार निर्णय हुने सम्भावना कम छ । भारतमा समेत केही दिनयता संक्रमण र मृत्यु बढीरहेकाले नेपालमा पनि त्यही अनुसार जोखिम बढ्न सक्ने आँकलन गरिएको छ । ११ बैशाखदेखि सुरु भएको लकडाउन २५ बैशाखसम्म रहेकोमा फेरि थप्न लागिएको हो । हालसम्म औषधी पत्ता नलागेको र अवस्था सामान्य हुन महिनौंसम्म पनि लाग्ने भएकाले अन्य देशमा जस्तै पूर्ण रुपमा स्वास्थ्य सुरक्षा अपनाएर व्यवसायहरु सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुले सुझाव दिएका छन् ।

मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले पनि थप केही क्षेत्रलाई खुकुला बनाउन सकिने प्रस्ताव गरेको थियो । त्यसलाई जेठमा मात्र कार्यान्वायन गर्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्