Logo
Logo

भदौमा पनि अधिकांश बैंकले घटाए ब्याजदर


378
Shares

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनाका लागि ब्याजदर घटाएका छन् । शुक्रबार सार्वजनिक विवरणअनुसार २० मध्ये १२ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । ७ बैंकले स्थिर राख्दा प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।
१२ बैंकले ब्याजदर घटाउँद्या औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झरेको छ ।

साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।

कुन बैंकको ब्याजदर कति ?

बैंकसाउनको ब्याजदरभदौको ब्याजदर
राष्ट्रिय वाणिज्य ६.२१ ६.०७
कृषि विकास६.२९६.०६५
नेपाल एसबीआई६.३६.२५
लक्ष्मी सनराइज६.५६.५
ग्लोबल आईएमई६.२५६.२५
कुमारी६.७१६.७१
प्राइम६.५६.७५
नेपाल६.२५५.२५
सानिमा६.४६.२
सिटिजन्स६.७५६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा६.५
सिद्धार्थ६.७५६.५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ्रे
प्रभु६.१
एनएमबी७.५३७.४१
एनआईसी एसिया७.५३७.४१
एभरेस्ट६.३६.१
हिमालयन ७.५

प्रतिक्रिया दिनुहोस्