Logo
Logo

नेकपाको सचिवालय बस्दै, सहमतीले निरन्तरता पाउँला ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ बैशाख ।
भोलि बस्ने स्थायी कमिटिको बैठक अगाडि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै छ । गत २० बैशाखमा नाटकीय सहमति भएको बैठकपछि आज अर्काे बैठक बस्न लागेको हो ।


बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गर्ने छन् । प्रचण्ड र ओलीबीच २० बैशाखमा गोप्य सहमति भएको थियो । जसअनुसार पार्टी चलाउने जिम्मेवारी ओलीले प्रचण्डलाई दिएका छन् ।

तर, पनि अझै प्रचण्ड र ओली सम्बन्ध सुमधुर हुन नसकेको स्रोत बताउँछ । प्रचण्ड र माधव कुमार नेपाल समूहले अझै पनि ओलीविरुद्ध रणनीति बनाएर अघि बढ्ने बताएका छन् । अझै बिहीबार बस्ने स्थायी समितिमा प्रधानमन्त्रीको राजिनामा माग्ने तयारीमा केही नेताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्