काठमाडौं । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् ।
त्यहाँको संवैधानिक अदालतले ३० साउनमा स्रेथा थबिसिनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।
आज भएको संसदीय निर्वाचनमा उनी प्रधानमन्त्री चुनिएका हुन् । उनी सबभन्दा कम उमेरका थाइ प्रधानमन्त्री बनेका हुन् ।
सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानन्त्री भएका थिए ।