Logo
Logo

सोल्टीमोडमा निःशुल्क भोजन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ बैशाख । स्पार्क हेल्थ होमको संयोजनमा आज पनि निःशुल्क भोजन वितरण भएको छ । बैशाख २० गतेदेखि स्पार्क हेल्थ होमले नमो हारती सहकारीसँगको सहकार्यमा निःशुुल्क भोजन वितरण गर्दै आएको हो ।
आहिलेसम्म १४ सय जनालाई निःशुुल्क भोजन खुवाएको आयोजकले बताएको छ । साथै, भोजनसँग मिनरल वाटर र मास्क पनि वितरण गरिएको छ । यस कार्यमा कालिमाटी–१३ नम्बर वडाको युवा समाजसेवी हरुको पनि सहयोग रहेको छ । यस कार्यले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनबाट प्रभावित बाटोमा हिँड्ने बटुवा, भरिया र बालबालिका लाभान्वित भएका छन् । हरेक दिन बिहान १० देखि १२ बजेसम्म निःशुल्क भोजन वितरण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्