काठमाडौं, २४ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीमा फेरि विवाद बल्झिएको छ । बुधबारको सचिवालय बैठकमा विवाद भएको हो ।
प्रचण्ड र माधव नेपाल समूहले फेरि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरी राजिनामाको प्रश्न उठाएका छन् । वामदेव गौतमले पनि ओलीको विरुद्धमा बोलेका थिए । बैठ नसकिदै प्रधानमन्त्री ओली उठेको स्रोत बताउँछ ।
बिहीबार बस्ने स्थायी समिति बैठक अगाडि बसेको सचिवालमै विवाद भएको हो । भोलिको बैठकमा पनि चर्काचर्की हुने देखिएको छ ।
गत २० बैशाखको सचिवालय बैठकमा ओलीले आत्मालोचना गरेपछि विवाद मिलेको थियो ।