Logo
Logo

लगातारको वर्षाले किसानलाई गहुँबाली भित्राउन समस्या


लगातारको वर्षाले किसानलाई गहुँबाली भित्राउन समस्या

0
Shares

  • नन्दा थापा

वैशाख २४ बाजुरा । केह दिनयता मौसममा आएको खराबीका कारण बाजुराका किसानहरुलाई गहुँबाली भित्रीाउन समस्या भएको छ । लगातार पानी परिरहेकाले जिल्लाका अधिकांस कृषकहरुलाई पाकिसेको अन्नबाली भित्राउन समस्या भएको हो ।
उब्जनीका हिसाबले राम्रो मानिने जिल्लाको बुढीगंगा, त्रिवेणी, बडिमालिका, बुढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिकाका खेतमा पाकेको गहुँ वर्षाका कारण बिग्रर्दै गएको अवस्था छ ।
एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफुहरुले पाकेको गहुँ काट्न नपाएका छैनन् । मौसम खराबीका कारण गहुँ काट्न मात्र समस्या नभई काटिएका गहुँबाली चुट्न र सुकाउन समेत समस्या देखिएको छ । कतिपय किसानले काटिसकेको गहुँपनि सुकाउन समेत पाएका छैनन् ।
जिल्लाका सबै किसानहरुको उस्तै समस्या रहेको छ । पाकेको गहुँ खेतमै कुहिएको छ’ भने बारीमा फलेको तरकारी समेत उनीहरुले बजारमा पुर्याउन पाएका छैनन् । लगातारको मौसम खराबीका कारण यो वर्ष पसाउने समयमा लगातार वर्षा हुँदा गहुँबालीमा रोग देखिएकाले उब्जनी समेत कम हुने अनुमान गरिएको छ ।
यस वर्ष मौसम बदलीका कारण अत्याधिक वर्षा भएकोे हँुदा गहुँमा पहेलो सिन्दुरे, ढुसी रोगले धेरै क्षति भएको किसानहरुले बताएका छन् । तीन पटक असिनाले समेत चुटेर नष्ट भएर बचेको पनि भित्र्याउन समस्या भएकोमा किसानहरु दुखी छन् ।
गहुँ खेती असिनाले लिएर क्षति भएपनि बाँकी रहेको पनि किसानलाई सहज भित्र्याउन समस्या देखिएको कृषि ज्ञान केन्द्रले बताएको छ । उत्पादन हुने क्षेत्रमा गहुँ पाक्ने सिजन नै यही भएकोले लगातारको पानीले थप समस्या पारेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्