Logo
Logo

राजेशपायललाई त्यसपछि ‘बल्ल पसिना आयो’ (भिडियोसहित)


एमपी सुब्बा

126
Shares

  • एमपी सुब्बा

काठमाडौं, २५ बैशाख । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको ‘लकडाउन’को आज ४५औँ दिन ।
‘लकडाउन’को पालना गर्दै यतिबेला घरमै सुरक्षित बस्नुको विकल्प छैन । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९’को संक्रमणबाट नेपालमा अझैपनि जोखिममै छ । त्यसैको मध्येनजर गर्दै सरकारले पुनः १० दिन थप गर्दै लकडाउन ५ जेठसम्म लम्बाएको छ ।


‘लकडाउन’को पालना गर्दागर्दै सबैलाई दिक्क लाग्न थालेको छ । अझै दिनरात व्यस्त हुनेहरुका लागि त ‘लकडाउन’ आर्थिकरुपमा मात्र नभएर मानसिक र शारीरिकरुपमा समेत सास्ती हुन थालेको छ । जसबाट नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राई पनि अछुतो छैन ।
नेपाली सांगीतिक क्षेत्रकै व्यस्त गायक राजेशपायलले ‘लकडाउन’को कसरी सदुपयोग गर्ने भन्ने विभिन्न आइडिया निकाल्दै आएका छन् । वर्षको बाह्रै महिना देश–विदेशका कन्सर्टहरुमा व्यस्त हुँदै आएका राजेशपायलले ‘लकडाउन’को ४५औँ दिनसम्म आइपुग्दा शारीरिकरुपमा समेत ध्यान दिन थालेका छन् । सुरु–सुरुमा उनी क्याण्डीक्रस खेलेर दिन बिताउँथे, तर, पछिल्लो एक सातायता उनी शारीरिक अभ्यासमा समेत जुटेका छन् । यो स्वास्थ्यका लागि आवश्यकता पनि हो ।


‘ज्यानबाट पसिना त निकाल्नै प¥यो नि’ लकडाउनको ४४औँ दिन अर्थात बुधबार भेटमा गायक राजेशपायलले भने, ‘लकडाउन पालना गर्दागर्दै घरमै खाएर बस्दा ज्यान बिग्रिने भयो, त्यसैले एक्सरसाइज गर्न थालेँ ।’ हुन त उनी शारीरिकरुपमा फिट नै छन् । तर, अहिलेसम्म ब्याचलर रहेका उनी आफ्नो ज्यानलाई उस्तै दुरुस्त राख्न चाहन्छन् ।
राजेशपायलको कार्यलयनजिकै एउटा निर्माण गर्दागर्दै वेवारिसे अवस्थामा छाडिएको पाँच तले भवन छ, जसलाई भूत घरसमेत भन्ने गरिन्छ । जहाँ राजेशपायल हरेक साँझ शारीरिक अभ्यास गर्छन् । बुधबार उनी त्यही भेटिए, जहाँ उनी भवनको हरेक सिँढी नाप्दैथिए । सिँढी दोहो¥याई, तहे¥याई नाप्दा समेत पसिना नआएपछि उनी भवनको छतमा चढेर अभ्यास गर्न थाले । त्यसपछि भने, ‘अब बल्ल पसिना आयो ।’
हुन त यतिखेर राजेशपायल मात्र होइन, सबैले आफ्नो ज्यानको ख्याल गर्न थालेका छन् । ‘लकडाउन’मा बस्दै खाँदा मोटाइने धेरैको चिन्ता छ । जो शरीरको चिन्ता गर्छ, ती शारीरिक अभ्यासमा जुटन् थालेका छन् । अर्को कुरा यो लकडाउनमा जिम खानाहरु समेत बन्द छन् । त्यसैले कतिपय घरमै शारीरिक अभ्यास गर्छन् भने केहीले राजेशपायलजस्तै खुला स्थान खोजेर उफ्रिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्