जेनेभा, २५ वैशाख (एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वा्धिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ३६९, स्पेनमा २४४ र फ्रान्समा २७८ जनाको ज्यान गएको छ । विश्वभर १३ लाख ३ हजार बढी निको भएका छन् ।
युरोपमात्र मात्र १५ लाख २४ हजार ९७६ जना संक्रमित भएका छन् भने ५ लाख ९६ हजार ३३३ जना निको भएका छन् । जहाँ १ लाख ४६ हजार ६४१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, उत्तर अमेरिकामा १३ लाख ७८ हजार १४३ जना संक्रमित भएका छन् भने तीमध्ये २ लाख ६४ हजार ६०४ जना निको भएका छन् । यहाँ ८२ हजार ६५० जनाको मृत्यु भएको छ ।
त्यस्तै, एसियामा हालसम्म ६ लाख ४ हजार १३५ जनामा संक्रमण भएका छन् भने ३ लाख २७ हजार ४७१ जनाको उपचारपछि निको भएका छन् । एसियामा कोरोनाबाट २० हजार ८२९ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, दक्षिण अमेरिका २ लाख ५१ हजार ६९५ जना संक्रमित भएका छन् भने ८८ हाजार ३५४ जना निको भएका छन् भने १२ हजार ८३० जनाले ज्यान गुमाएका छन् । यस्तै, अफ्रिकामा अहिलेसम्म ५२ हजार ७१३ जना संक्रमित र १८ हजार २९५ जना निको भएका छन् भने २ हजार १५ जनाको ज्यान गएको छ । अस्ट्रेलियामा ८ हजार ४८७ जना संक्रमितमध्ये ७ हजार ४६७ जना निको भएका छन् भने यहाँ अहिलेसम्म ११८ जनाको मृत्यु भएको छ र
यस्तै, दक्षिण एसियाली मुलुकहरु भारतमा हालसम्म ५३ हजार ४५ जना संक्रमित भएका छन् भने १५ हजार ३३१ जना उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म १ हजार ७८७ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, पाकिस्तानमा २४ हजार ७३ जना संक्रमित भएका छन् भने ६ हजार ४६४ जना निको र ५६४ जनाले ज्यान गुमाएका छन् । बंगलादेशमा कोरोनाबाट ११ हजार ७१९ जना संक्रमित भएका छन् भने १ हजार ४०३ जना निको भएका छन् । यहाँ १८६ जनाको ज्यान गएको छ । यस्तै, अफगानिस्तानमा ३ हजार ३९२ जना संक्रमित भएकामध्ये ४५८ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । श्रीलंकामा ७९७ जनामा संक्रमण देखिएको छ भने २१५ जना निको भएका छन् । जहाँ ९ जनाको मृत्यु भएको छ ।
यस्तै, माल्दिभ्समा बिहीबारसम्म ६१७ जना संक्रमित भएका छन् भने २० जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ । नेपाल र भुटानमा भने अहिलेसम्म एक जनाको पनि ज्यान गएको छैन । नेपालमा बिहीबार बिहासम्म ९९ जनामा संक्रमण देखिएको छ भने २२ जना उपचारपछि निको भएका छन् । भुटानमा हालसम्म ७ जनामा संक्रमण पुष्टि भएको छ भने ५ जना निको भइसकेका छन् ।