Logo
Logo

सुदूरपश्चिम : प्रदेश निजामती ऐन संशोधन विधेयक पारित


4.3k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशबाट प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित भएको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दफावार छलफलको लागि पेश गरेको प्रस्तावमा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले विरोध गरेका थिए ।

थारु-राना थारु समुदायलाई जनसंख्याका आधारमा समावेशी आरक्षण कोटा निर्धारण गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुले रोस्टम घेराउ गरेपनि सभामुख भीमबहादुर भण्डारीले ध्वनी मतका आधारमा प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

संशोधन विद्येयकमा उपसचिव नवौँमा समूह रहने व्यवस्था हटाउन माग गर्दै लेखा समूह तर्फका कर्मचारी समेत सांकेतिक आन्दोलनमै थिए । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु/राना थारु समुदायले आफूहरूको जनसंख्याको आधारमा समावेशी आरक्षण कोटा निर्धारण गर्नुपर्ने माग गर्दै प्रदेश सभाको मूल गेटमा धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्