Logo
Logo

उपत्यका छिर्न कडाई, नागढुंगा नाकाबाट चार सय गाडी फकाईयो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ बैशाख
पहुँचका आधारमा पास लिएर बिना काम उपत्यका छिर्न खोज्ने करिब चार सय भन्दा धेरे सवारी साधनलाई प्रहरीले फकाईएको छ । पछिल्लो चार दिनमा नागढंगा नाकाबाट मात्र चार सय १६ सवारी साधन गाडी फकाईको थियो । जसमध्ये धेरै जसो पास भएका थिए ।

२२ बैशाखमा ७४, २३ मा एक सय तीन, २४ मा दुई सय २७ तथा २५ मा ४९वटा सवारी साधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । तराईका केही जिल्लाहरुमा संक्रमण विस्तार भएपछि अत्यावश्यक सेवा बाहेकको अवस्थामा उपत्यका बाहिरबाट आउन रोक लगाइएको हो । ‘सोधपुछ गर्दा कुनै अत्यावश्यक काम नभएको देखिएपछि फिर्ता पठाइएको हो,’ डिएसपी श्रेष्ठले भने,‘कतिपय पास लिएर घुम्न निस्कने गरेको पाइयो ।’ कतिपय एम्बुलेन्सले समेत बिरामी भनेर यात्रु बोक्ने गरेको समेत पाइएको छ । केही एम्बुलेन्सलाई समेत त्यसरी फकाईएको थियो ।

विगतमा उपत्यकाबाट बाहिरिने धेरै हुनेमा पछिल्लो केही दिनमा भित्रन खोज्ने बढेपछि कडाई गरिएको हो । उपत्यकाका अन्य नाकाहरुमा पनि बिना काम उपत्यका छिर्न खोज्ने यात्रुलाई रोकिएको छ ।

हरेक यात्रुको विवरण संकलन
उता भक्तपुरको जगाती नाकामा उपत्यका भित्रने सम्पूर्ण यात्रुको विवरण राख्न थालिएको छ । ‘भित्रनेहरुको स्वास्थ्य समेत परीक्षण हुन्छ,’ भक्तपुरका एसपी सविन प्रधानले भने,‘यसका लागि नेपाली सेनाबाट स्वास्थ्य टोली खटिएको छ ।’ सबैको ज्वरो नाप्ने र सम्पूर्ण विवरण राख्न थालिएको छ । जगाती नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका स्वास्थ्यकर्मीको संयुक्त टिम खटिएको छ । नाकामा कोरोना डेस्क नै खडा गरी अत्यावश्यक बाहेक पास भएकालाई समेत फर्काउन थालिएको छ ।
केही समयअघि स्थानीय तहहरुले अलपत्र परेका आफ्ना नागरिकलाई बस रिजर्भ गरेर लगेपनि हाल बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्