Logo
Logo

माहामारीको मौका छोपेर भारतद्वारा नेपालको लिपुलेकमा कब्जा गर्ने प्रयास


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ बैशाख ।
कोरोना भाइरसले निम्तयाएको महामारीको बेला भारतले चीन नेपाली भूमि हुदै लिपुलेक हु्ँदै चीनको मानसरोवर जाने बाटो खोलेको छ। नेपालको सहमति बेगर भारतले नेपाली भूमि अतिक्रम गर्दै तिब्बतमा रहेको हिन्दुहरुको धार्मिक स्थल लिपुलेक जाने सडकको शुक्रबार उद्घाटन गरेको हो। लिपुलेक नेपाली भूमि हो ।


भारतका रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्सन मार्फत लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेका हुन्। रक्षामन्त्री सिंहले कैलाश मानसरोवर यात्रा सडकको भारतीय सेना प्रमुखसहितको उपस्थितमा उद्घाटन गरेका हुन्। सिंहले सामाजिक संजाल ट्वीटरमा मानसरोवर जाने लिंक रोड उद्घाटन गरेको जानकारी गराएका छन्। उनले यो सडक निर्माण गरेका बीआरओलाई धन्यवाद दिदै लेखेको छन् ’बीआरओले धार्चुला र लिपुलेक (चिनियाँ बोर्डर) जोड्ने लिंक रोड कैलाश मानसरोवर यात्रा रुट बनाएर उत्कृष्ट काम गरेको छ। यो सडक भारतीयहरुलाई मानसरोवर जाने सबै भन्दा छोटो रुट हो।

नेपाललाई थाहा नदिई सनमा २०१५ मे १५ (२०७२ जेठ १ )मा लिपुलेकलाई भारत र चीनले द्वदेशिय व्यापार नाका बनाउने सम्झौता गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको अवसरमा नेपालको लिपुलेक भञ्ज्याङलाई चीन र भारतको व्यापारिक नाका बनाउने समझदारी गरेको थियो।
भारत गत कार्तिक १६ गते नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नोमा पारेर नक्सा जारी गरेको थियो। नेपाली भूमि भारतमा पारेर नक्सा सार्वजनिक गरेपछि नेपालमा ठूलो विरोध हुँदै आएको छ भने सरकारले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भुभाग भएको भन्दै भारतसँग कुटनीतिक पहल गरिरहेको थियो। नक्समा नेपालको ३९५ वर्ग्किलोमिटर भन्दाबढी भूभाग भारतमा पारिएको छ।

सन् १८१६ मा नेपाल र तत्कालिन ब्रिटिस इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिअनुसार नेपाल र भारतबीचको पश्चिमी क्षेत्रमा सीमानाको उद्गमविन्दु लिम्पियाधुरा हो, जहाँबाट काली नदी बग्छ। तर भारतले काली नदीलाई नक्कली बताएर सन १८५६ देखि नै नेपाली भूभाग अतिक्रण गर्दै आएको थियो। सन् १९६२ मा भारत चीन युद्धको नेपाल भूभाग कालापानीमा भारतीय सेना राखेर भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रण गर्दै आएको छ। लिम्पियाधुरा समुन्द्री सतहबाट झन्डै ५ हजार ५ सय ३२ मिटर उचाइमा छ। सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाली भूमि भएर सडक बनाउने कार्य गलत भएको प्रतिक्रिया दिँदै विस्तृत अध्ययन गरेर बताउने बताए।
केही महिनाअघि भारतले लिपुलेखलाई आफ्नो भनेर सार्वजनिक गरेको नक्साका कारण यसको विवाद उचालिएपनि नेपालले कुटनीतिक पहल गर्न नसक्दा भारत पेल्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्