Logo
Logo

को होला मुख्यसचिव ?


1.7k
Shares

काठमाडौं । नेपाल सरकारको मुख्यसचिव लिलादेवी गड्तौलाको म्याद यही भदौ १५ गते समाप्त हुँदै छ । मुख्य सचिवको पदावधि सामान्यतया ३ वर्षको भए पनि उमेर हदका कारण विचैमा मुख्यसचिव परिवर्तन हुने गरेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि महिलालाई पनि मुख्य सचिवको जिम्मेवारी दिऔँ भन्ने मनशायले लीलादेवी गड्तौला एक महिना मुख्यसचिव भइन । नत्र, मुख्यसचिवमा क्षमतावान सचिवहरू बढुवा हुन्थे ।

जे होस्, मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अवकाशमा जाँदै छिन् । त्यसपछि मुख्यसचिव को होला भन्ने चासो कर्मचारी वृत्तमा व्यापक छ । योग्य, क्षमतावान र उच्च नैतिकवान सचिवलाई मुख्यसचिव बनाउनुपर्ने सामान्य मापदण्ड हो । तर, मुख्यसचिव जस्तो जिम्मेवार व्यक्तिलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनेभन्दा अह्राएको मान्ने मान्छेलाई मुख्यसचिव बनाउने परम्परा बसेको छ । जसले गर्दा सिंगो निजामति प्रशासन पंगु बनेको छ ।

अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । मुख्यसचिव प्रधानमन्त्रीकै विश्वासमा हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने कुरामा दुईमत छैन ।

एमालेनिकट स्रोतका अनुसार एमाले महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रदीप ज्ञवालीको रोजाइमा तोया नारायण ज्ञवाली छन् । मुख्यसचिवमा ज्ञवालीकै पल्लाभारी भए पनि उनलाई कमाण्ड कमजोर भएको सचिवका रुपमा लिइन्छ ।

ज्ञवालीभन्दा गृहसचिव एकनारायण अर्यालको कमाण्ड बलियो भएको मानिन्छ । एमालेसँग सुरुदेखि नै राम्रो सम्बन्ध भएका अर्याल पनि मुख्य सचिवको दाबेदार हुन् ।

त्यसैगरी कतै चाकडी नगर्ने दिनेश भट्टराई पनि मुख्यसचिवको प्रतिष्पर्धामा छन् । यी तीनजना मध्ये एकजना मुख्यसचिव हुने कुरामा दुविधा छैन । तर, प्रधानमन्त्री ओलीले कसलाई मुख्यसचिव बनाउने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न बाँकी रहेकोले को मुख्यसचिव बन्ला भन्ने कुरा अहिले भन्न नसकिने एमाले स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्