काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले सांसद रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा प्रश्न गरेका छन् ।
प्रदेश सांसद रहेकी शर्माले दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताउँदै मेयर बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन् ।
मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन ।’
उनले अदालतले पनि मुद्दा चाउन भनेको व्यहोरा समेत सार्वजनिक गरेका छन् । बालेनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ।’