Logo
Logo

राजेशपायललाई पनि लाग्यो ‘तीजको लहर’ (भिडियोसहित)


1.4k
Shares

काठमाडौं । हिजोआज जताततै तीज गीत गुञ्जिन थालेको छ । पार्टी प्यालेसदेखि सामाजिक सञ्जालसम्म तीज गीत छाउन थालेको छ ।

यसैबेला ‘राई ईज किङ’का रुपमा चर्चित लोकप्रिय गायक राजेशपायल राईलाई पनि तीज लागेको छ अर्थात नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायलले पहिलोपटक तीज गीत गाएका छन् ।

नेपाली महिलाहरुको पर्व हरितालिका (तीज) आउन केही दिन बाँकी रहँदा राजेशपायलले ‘तीजको लहर’ बोलको गीत ल्याएका छन् । तीज आउन एक महिनाअघिबाटै बजारमा तीजको लहर छाइरहेका बेला राजेशपायललाई पनि जोश चल्यो क्यारे, त्यसैले यसपटक आफ्नै शब्द तथा संगीतमा तयार पारे, ‘तीजको लहर’ गीत ।

राजेशपायल र मोनिका राईले गाएको उक्त गीत अहिले चर्चामा आएको छ । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझीको तीज गीतले बजार लिइरहेका बेला ‘राई ईज किङ’को तीज गीत चर्चामा आएको हो ।

राजेशपायलले तीज गीत गाए भन्दा धेरैले आश्चार्यसमेत मानेका छन् । नेपाली सांगीतिक क्षेत्रमा तीन दशकदेखि एकछत्र राज गर्दै आएका राजेशपायलले अहिलेसम्म हजारौँ गीत गाइसकेका छन् । तीमध्ये केही तीज सम्बन्धी गीत पनि गाए होलान् । तर, आफ्नै शब्द तथा संगीतमा तीज गीत गाएको यो पहिलो हो । यो कुरा राजेशपायलले पनि स्वीकारेका छन् । उनले भने, ‘आफ्नै शब्द संगीतमा गाएको यो पहिलो तीज गीत हो ।

नेपाली नारीहरुको विशेष पर्व तीजप्रतिको आस्था र आमनेपाली नारीको सम्मान व्यक्त गर्दै यो गीत गाएको हुँ ।’ उनले थपे, ‘यही गीतमार्फत नेपाली नारी तथा चेलीबेटीहरुलाई तीजको शुभकामना दिन चाहन्छु ।’

नेपालमा हुँदा रेकर्डिङ र विदेशमा स्टेज कार्यक्रममा बाहै महिना व्यस्त रहने राजेशपायलको यसपालीको दशैँ–तिहारमा पनि विदेशमै वित्ने भएका छ । राजेशपायल य वर्षको दशैँमा अमेरिकामा हुनेछन् । म्युजिकल वल्ड टुरकै क्रममा रहेका राजेशपायलले भने, ‘मेरो योपालीको दशैतिहार पनि विदेशमै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्