Logo
Logo

भारतीय अतिक्रमणविरुद्ध प्रदर्शन, मोदीको पुत्ला दहन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ वैशाख । भारतीय अतिक्रमणको विरोधमा सोमबार पनि प्रदर्शन गरिएको छ । भारत दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरिएको हो । विभिन्न दलसम्बद्ध भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।
प्रदर्शनका क्रममा माइतीघर–बबरमहल क्षेत्रबाट करिब तीन दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्गको उद्घाटन गरेसँगै सडकदेखि सदनसम्म विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्