Logo
Logo

भेनेजुएलाका राष्ट्रपति मदुरोको जहाज अमेरिकी कब्जामा


1.8k
Shares

एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोेको जहाज कब्जामा लिएको छ । १३ मिलियन अमेरिकी डलर अवैध रूपमा लगेको भन्दै अमेरिकाले मदुरोको फाल्कन ९००–ईएक्स जहाज डोमिनिकन गणतन्त्रबाट कब्जामा लिएको हो ।

बीबीसीका अनुसार उक्त जहाजलाई अहिले अमेरिकी राज्य फ्लोरिडा पठाइएको छ । उक्त जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भने भएको छैन ।

ट्य्राकिङ डेटाबाट उक्त जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ । भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै ‘चोरी’ को संज्ञा दिएको छ ।

अमेरिकी अधिकारीहरूले भने अमेरिकी निर्यात नियन्त्रण प्रतिबन्ध कानुनको उल्लंघन गरेको आरोपमा जहाजलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्