काठमाडौं । नेपाल वायुसेवा निगम डुब्नुको पछाडि भ्रष्टाचार र कमिशन नै हो । निगममा कार्यकारी अध्यक्ष नियुक्त हुन पाँच–दश करोडकै चलखेल भएपछि भ्रष्ट र निकम्मा व्यक्ति नै उक्त पदमा पुग्नु अस्वाभाविक होइन । त्यस्तै भ्रष्टमध्येका एक हुन् युवराज अधिकारी, जसले निगमको कार्यकारी अध्यक्ष हुन नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई करोडौं रुपैयाँ बुझाएको तथ्य दृष्टि साप्ताहिकले उजागर गरेको थियो ।
अधिकारीलाई नियुक्त गर्दा प्रेम आले पर्यटनमन्त्री थिए, प्रेम आलेलाई पनि क्याप्टेन उद्धव घिमिरेमार्फत करोडौंको प्रलोभन दिइएको थियो । आलेसँग अधिकारीले क–कसलाई रकम बुझाए भन्ने कुराको ‘कल रेकर्ड’ नै छ ।
प्रेम आलेले पार्टीको दबाबमा कार्यकारी अध्यक्ष नियुक्त गरेका अधिकारीले न्यारोबडी जहाज बिगार्दै मर्मत गर्ने नाममा ठूलो कमिशन खाएको प्रमाण फेला पारेपछि मन्त्रालयमा बोलाएर झण्डै थप्पड हानेका थिए । अधिकारीले कमिशनको रकम जम्मा गर्न अष्ट्रेलियाको एउटा बैंकमा खाता खोलेको कुरा खाता नम्बरसहित अख्तियारमा सुरक्षित छ ।
निगमका पूर्वकर्मचारीसमेत रहेका अधिकारी महिलाका विषयमा कमजोर छन् । महिला कर्मचारीहरुमाथि पटक–पटक यौन हिंसा गरेको आरोपमा उनीविरुद्ध महिला आयोग र अदालतमासमेत मुद्दा परेको थियो । कार्यकारी अध्यक्ष नियुक्त भएको तीन महिनादेखि भ्रष्टाचार गर्न पल्केपछि तत्कालीन मन्त्री आलेले पटक–पटक चेतावनी दिएका थिए ।
नानीदेखि खानेबानी लागेका अधिकारीले घुस र कमिशन खान नछाडेपछि मन्त्री आलेले उनीसँग तीनपटक स्पष्टीकरण सोधेर अन्त्यमा बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए । तर, बालुवाटारमा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रेसर दिएपछि उनी बर्खास्त हुनबाट जोगिएका थिए ।
प्रेम आलेपछि पर्यटनमन्त्री भएका जीवनराम श्रेष्ठलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्ता भ्रष्ट व्यक्तिलाई पनि कार्यकारीमा राख्नुहुन्छ ? तुरुन्त बर्खास्त गर्न निर्देशन दिएपछि अधिकारीलाई तीन वर्ष अगाडिको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । तर दुर्भाग्य, बर्खास्त भएकै दिन सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको अन्तरिम आदेशले उनको जागिर जोगियो । त्यसैलाई आनन्दमोहन भट्टराईले निरन्तरता दिए । तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन अधिकारीको मुद्दाको फैसला अहिलेसम्म हुन नसक्नु दुःखद् कुरा हो । यसमा बिचौलियाको ठूलो चलखेल छ । यदि, सर्वोच्चले समयमै फैसला सुनाएको भए निगमको अवस्था यस्तो हुने थिएन । न्यायालयले सरकारको होइन, भ्रष्टाचारीको पक्ष लिँदा आज निगमको तीनवटा जहाज ग्राउण्डेड हुने अवस्थामा पुग्यो । यसबीच अर्बौ नोक्सानी भयो ।
३० वर्षे सेवा गरेर निगमबाट अवकाश पाएका अधिकारीलाई कहाँ कहाँबाट कमिशन आउँछ भन्ने सबै थाहा छ । आफ्नै हातमा डाडु पन्यू भएपछि कसले रोक्ने ? अख्तियारमा आफ्नै मान्छे, अदालतमा आफ्नै मान्छे, सरकारमा आफ्नै मान्छे भएपछि जति लुटे पनि भयो ।
अहिले भइरहेको पनि त्यही हो, जहाज चलाएर निगमलाई फाइदा पु¥याउने भन्दा पनि जहाज ग्राउण्डेड गरेर मर्मतका नाममा कमिशन खान पल्केका अधिकारीले सन् २०२३ जुलाई ६ तारिखमा निगमको एउटा न्यारोबडी जहाजको इन्जिन २१ दिनको लागि भनेर एमटियुसँग भाडामा लियो ।
त्यसबीच निगमको इन्जिन मर्मत गरेर न्यारोबडी चलाउनुको साटो इन्जिन भाडाबाट कमिशन खान उनले १८ महिनासम्म भाडाको इन्जिन लिएर करोडौं कमिशन खाएको आरोप छ । दैनिक ६ लाख ५० हजारका दरले ५४१ दिनको ३५ करोडभन्दा बढी भाडा एमटियुले दाबी ग¥यो ।
चारवटा जहाज खरिद गर्दा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले व्यावसायिक योजना नै बनाएर खरिद गरेका थिए । उनी हटेपछि त्यो कार्ययोजना तुहियो र निगम टाट पल्टने अवस्थामा पुग्यो । भएका रुटमा जहाज चलाउने निकायले अष्ट्रेलिया जहाज उडाउने नाममा महिला कर्मचारी विपुला बराललाई अष्ट्रेलिया पोष्टिङ गरेर निगमलाई आर्थिक बोझ बोकाएको छ ।
उक्त इन्जिन मर्मत गर्दा ३६ करोड लाग्ने अनुमान गरिएको थियो । भुक्तानी ३८ करोड ४० लाख गरियो । यस विषयमा निगमभित्र ठूलो लफडा भयो । नक्कली बिलको कुरा उठ्यो । अन्ततः निगमका मूल्यांकन समितिका कर्मचारीले राजीनामा दिन बाध्य भए ।
जहाज मर्मतका लागि एमआरओ समयमै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर गर्नुपर्ने ठाउँमा ‘एओजी’को बहानामा कोटेशनमा इन्जिन मर्मत गर्न लगाएर नियुक्ति लिँदा गरेको करोडौं रुपैयाँ खर्च ६ महिनामै उठाए । इन्जिन, पार्टपुर्जा अनिवार्य रुपमा जगेडा राख्नुपर्ने ठाउँमा भाडा खानकै लागि सामान्य पार्टपुर्जा समेत जगेडा राखिएन ।
निगमसँग भएको चारवटा जहाज पूर्ण क्षमतामा उडाउन नसक्ने अधिकारीले तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीलाई २५ करोड कमशिनको प्रलोभन देखाएर आन्तरिक उडानका लागि तीनवटा एटिआर विमान किन्ने निर्णय गराए । करोडौं कमिशन आउने भएपछि मन्त्री पनि मख्ख ।
निगम अहिले पनि ५१ ऋर्ब २६ करोड ऋणमा छ । त्यो रकम कर्मचारी सञ्चय कोषलाई तिर्न छाडेर सोल्टी होटलको शेयर बेचेर तीनवटा एटिआर जहाज किन्ने निर्णय गर्दा हुन्छ भन्ने कस्तो मुर्ख मन्त्री ? निगम जहाज नभएर घाटामा गएको होइन । चारवटा जहाज खरिद गर्दा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले व्यावसायिक योजना नै बनाएर खरिद गरेका थिए । उनी हटेपछि त्यो कार्ययोजना तुहियो र निगम टाट पल्टने अवस्थामा पुग्यो । भएका रुटमा जहाज चलाउने निकायले अष्ट्रेलिया जहाज उडाउने नाममा महिला कर्मचारी विपुला बराललाई अष्ट्रेलिया पोष्टिङ गरेर निगमलाई आर्थिक बोझ बोकाएको छ ।
निगम स्रोतका अनुसार बरालका छोरा अष्ट्रेलियामा छन् । बराल छोराकहाँ बस्दै निगमको तलबभत्ता पचाइरहेका छन् । यो राज्य स्रोतको दोहन हो तर पनि अख्तियार हातमा दही जमाएर बसेको छ ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ । अधिकारीबाट निगम सञ्चालन हुन नसक्ने ठहर गर्दै मन्त्रालयले महाप्रबन्धक पठाउने विषयमा छलफल सुरु गरेको छ ।
स्रोतका अनुसार यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पनि छलफल गरेका छन् । अधिकारीलाई हटाए अदालतबाट पुनःस्थापित हुने देखेपछि मन्त्रालयले कार्यकारी अध्यक्षको अधिकार कटौती गरेर महाप्रबन्धक पठाउने तयारी गरेको बुझिएको छ ।
मन्त्रालयले निगमको नेतृत्व कुशलतापूर्वक गर्न अधिकारीले नसक्दा अर्बौं घाटा व्यहोरेर निगम टाट पल्टाएर निगमलाई नोक्सानी पु¥याएको भन्दै स्पष्टीकरण सोधेको हो ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसदहरूले अहिलेको नेतृत्वबाट निगम चलाउन नसकिने भन्दै विकल्प खोज्न सुझाव दिएको थियो । मन्त्रालयले अधिकारीको कार्य सम्पादनमा एक दर्जन प्रश्न उठाएको छ ।
गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट इमेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा (करिब दुई करोड) नोक्सानी बेहोर्नुपरेको विषयमा अधिकारीको नियतमाथि प्रश्न गरेको छ । सात दिनभित्रमा लिखित जवाफ दिन स्पष्टीकरण सोधिएको पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।