काठमाडौं, २९ बैशाख ।
डिआईजीको दरबन्दी कटौती गरेको सरकारले नेपाल प्रहरीको तल्लो तहमा भने केही दरबन्दी थप गरेको छ । तीन डिएसपीसहित करिब तीस नयाँ दरबन्दी थप भएको हो ।
तीनमध्ये डिएसपीको दुई पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि थप भएको हो । थप दरबन्दीको प्रहरी किताबखानामा पद दर्ता गरेर बढुवाको तयारी गरिएको छ ।
हाल प्रहरीमा डिएसपीका ५६ दरबन्दी रिक्त छन् । अब ५९ हुने भएको छ । जसमा बढुवाका लागि एक सयभन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । बुधबार बढुवाको तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
गत महिना सरकारले डिआईजीको एक दर्जन दरबन्दी कटौती गरेको थियो । जसले प्रहरीमा असन्तुष्टि छ ।