काठमाडौँ । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगेका छन् ।
बलिउड सिद्दीकी शनिबार दिउँसो काठमाडौँ आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै उनी नेपाली फ्यानहरुबाट घेरिएका थिए ।
मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ । निर्देशक भाम र नवाजुद्दीनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो । त्यहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए ।