काठमाडौं । सरकारले कोरोना बीमाबापतको रकम नदिएको भन्दै बिमा कम्पनीहरूले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । कोरोना बीमाकाे भुक्तानी माग्दै आइतबार १४ वटै निर्जीवन कम्पनीका तर्फबाट नेपाल बिमक संघले रिट दायर गरेको हो ।
संघका महासचिव अशोककुमार खड्काले सरकारले कोरोना बीमाबापतको करिब ११ अर्ब रुपैयाँ दिन बाँकी रहेको र उक्त रकम भुक्तानीको माग गर्दै रिट हालिएको जानकारी दिए ।
आज दायर रिटको सुनुवाइका लागि भोलि (सोमबार) पेशी तोकिएको छ । मुद्दाको छिनोफानोसँगै कोरोना बिमा भुक्तानीको विषय टुंगो लाग्नेछ ।