Logo
Logo

स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई शरण दिने


252
Shares

एजेन्सी । भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहेका भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ ।

फाइल तस्बिर

राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनको विरोध गर्ने गोन्जालेज उरुटियाले अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म जारी जारी गरिएको पत्राचारलाई बेवास्ता गरेका थिए भने उनी स्पेनी सेनाको एक विमानमार्फत् स्पेन पुगेको बताइएको छ ।

यसअघि, सोमबार नै म्याड्रिडका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले उरुटियाले युरोपेली देशमा राजनीतिक शरणका लागि अनुरोध गरेको र स्पेनले उनलाई त्यो अनुमति दिने बताएका थिए ।

भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउँदै उनले विपक्षी नेता स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्