काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । निर्धारित समयभन्दा केही ढिलागरी बैठक सुरु भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ भएको थियो ।
यसअघि बैठक अपराह्न ४ बजेका लागि तय गरिएको थियो । देउवा आएलगत्तै बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जारी बैठकमा सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।