काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहक साथै उहाँहरुका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ ।
सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
यो सम्झौताबाट एनआइएमबीका ग्राहकवर्गहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ । गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआइएमबीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।