काठमाडौँ । त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच ब्लुक्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्रबाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लुक्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ देखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाटसमेत भुक्तानी गर्न सक्नेछन् ।
ब्लुक्रस हस्पिटल प्रालिले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि ब्लुक्रस हस्पिटलमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवासमेतको व्यवस्था रहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।