Logo
Logo

सहकारी ठगी प्रकरणमा म माथि छानबिन गरियोस्: धनराज गुरुङ

ज्योति गुरुङसँग मेरो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएको हो


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफूमाथि छानबिन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताएका छन् ।

गुरुङले आफू छानबिनका लागि तयार रहेको भन्दै भने, ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ ।’

विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि कुनै छानबिन गर्न माग गरे । ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्