Logo
Logo

पूर्वमुख्यमन्त्री केदार कार्की बसे आमरण अनशनमा


3.5k
Shares

काठमाडौं ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । आफू मुख्यमन्त्री भएको बेलामा ल्याइएको कार्यक्रम र योजना हटाइएको भन्दै कार्कीले विराटनगर स्थीत प्रदेशसभा अगाडिको वनस्खण्डी महादेव मन्दिर परिसरमा अनशन सुरु गरेका हुन् ।

उनले वर्तमान सरकारले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन हटाएको आरोप लगाएका छन् ।

त्यस्तै सुनसरी-मोरङ केशलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायत बिभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति, जनावरमैत्री जङ्गल कार्यक्रम समेत वर्तमान प्रदेश सरकारले हटाएको भन्दै कार्की अनशन बस्नु भएको हो ।

आमरण अनशनमा कार्कीलाई स्थानीय नेता कार्यकर्ताहरूले साथ दिएको भएपनि प्रदेश सांसद शमशेर राई बाहेक अन्य प्रदेश सांसदले साथ दिएका छैनन् । कोशीको सत्तारुढ गठबन्धन मध्येको कांग्रेसका प्रदेश सांसद समेत रहेका पूर्व मुख्यमन्त्री कार्कीले वर्तमान कोशी प्रदेश सरकार विरुद्ध आमरण अनशन शुरु गरेको भएपनि कोशी कांग्रेसले त्यसको स्वामित्व नलिने जनाएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले केदार कार्कीको विरोध व्यक्तिगत भएको र यसबारे प्रदेश पार्टी बैठक र संसदीय दलमा छलफल हुने जानकारी दिए । उनले केदार कार्कीको व्यक्तिगत आन्दोलनले गठबन्धनमा असर नपर्ने र चाँडै नै कांग्रेस कोशी प्रदेश सरकारमा सहभागि हुन लागेको बताए भयो ।

कार्कीको अनशन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन परिसरको स्थानलाई निषेधित क्षेत्र घोषणा समेत गरेको थियो । तर उनी निषेधित क्षेत्र भित्रै अनशन बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्