काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् ।
सभापति देउवाले बुधबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा पनि सत्तारुढ दलका सांसदहरुले उपसभामुख नाराको राजीनामा माग गरेका थिए ।