काठमाडौँ । युसएड संगको सहकार्यमा ‘देशै भरि बर्षै भरि’ अभियानकै रुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ ।
वित्तिय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमै वित्तिय साक्षरता प्रर्वद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्दुसहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ ।
स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका व्यावसायिक एवं उद्यमशील संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैँ आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।