Logo
Logo

समाजसेवामा रोटरी


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ३१ बैशाख । रोटरी क्लव अफ काठमाडौं वेस्टले कालिमाटी, टेकु र कलंकी वरपरका मजदूर, बालकालिका र असाहय परिवारलाई दैनिक एक छाक निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ ।
सुरुमा स्पार्क हेल्थ होम सोल्टीमोडसँगको सहकार्यमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दैनिक करिब तीन सय जनालाई निःशुल्क भोजन उपलब्ध गराउँदै आएको हो । रोटरीको यस कार्यमा स्थानीय समाजसेवीहरुको समेत सहयोग रहेको छ ।
यस्तै रोटरी क्लव अफ काठमाडौं वेस्ट आजदेखि समुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा कुलेश्वरले ‘लकडाउन’ सुरु भएदेखि नै निःशुल्क भोजनमा सहभागी भएको छ । टेकु दोभानसँगैको महादेव मन्दिरमा दुई छाक भोजनको व्यवस्था गरिएको छ । जसमध्ये तीन छाक निःशुल्क भोजनका लागि रोटरीका तर्फबाट प्रेसिडेन्ट दिग्विजय विष्टले आर्थिक सहयोग गरेका छन् । चैत १९ गतेदेखि गरिब, मजदूर परिवारलाई कुलेश्वर सामुदायिक सेवा केन्द्रले दुई छाक निःशुल्क भोजनको व्यवस्था गरेको छ । जसमा जयश्री च्यारिटीका तर्फबाट पवन अग्रवालले राशन सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्