Logo
Logo

चितवनकी महिला कोरोना मुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, १ जेठ ।
चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी छिन्। कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।

स्पतालमा राप्ती नगरपालिका– ८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए। छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए।
दुवैका अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताइको छ। उनीहरु दुवै आमा छोरालाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको हो।

दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए। वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ३५ पुगेको छ। हालसम्म नेपालमा २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्