Logo
Logo

कांग्रेसलाई रास्वपाको जवाफ- नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भन्दै प्रश्न गरेको छ ।

उपसभामुख इन्दिरा रानामगर प्रकरणमा कांग्रेसले उपसभामुखले देशको शिर झुकाएको निष्कर्ष निकालेपछि त्यसको जवाफ दिँदै रास्वपा सांसद मनिष झाले कांग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भन्दै प्रश्न गरे ।

‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ । अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदैछ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदैछ,’ उनले भने, ‘कांग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन जब नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो ।’

आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुखले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्