काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्राबधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन भएको छ । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने÷नगर्ने भन्ने विषयमा अध्ययन गर्न ८ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा काङ्ग्रेसबाट हृदराम थानी, राप्रपाबाट बुद्धिमान तामाङ, एमालेबाट रघुजी पन्त, माओवादीबाट हितराज पाण्डे, जसपाबाट अशोक राई, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, रास्वपाबाट चन्दा कार्की र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल पनि उपसमिति सदस्य छन् ।
अब यो उपसमितिले निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने या नगर्ने भन्ने विषयमा अध्ययन गर्ने सभापति रामहरी खतिवडाले जानकारी दिए । ।