दाङ । घोराहीका तीन बाल क्लबले संयुक्त रुपमा बालदिवस मनाएका छन् । सिर्जनशील बाल क्लव, घोराही बाल क्लब र सर्बाेदय बाल क्लबले सर्बाेदय पुस्तकालय तथा वाचनालयसँगको सहकार्यमा शनिबार संयुक्त रुपमा ६०औँ राष्ट्रिय बाल दिवस मनाएका छन् ।
बुद्ध हस्पिटल नजिकैबाट सुरु भएको ¥यालीमा विद्यार्थी, शिक्षक, शिक्षिका र केही अभिभावकसमेत सहभागी भएका थिए । ¥यालीमा बालहिंसा अन्त्य गरौँ, बाल शोषण अन्त्य गरौँ, बाल अधिकारको रक्षा गरौँ, बाल दिवस भव्य रुपले सफल पारौँ लगायतका नारा लगाइएको थियो ।
-याली लगत्तै सर्बाेदय पुस्तकालयको सभा हलमा आयोजित विशेष समारोहमा चित्रकला प्रदशर्नी गरिनुका साथै करिब चार दर्जन बालबालिकाले गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सभापतित्वदेखि संचालनसम्म बालबालिकाले नै गरेका थिए । जस अनुसार सर्बाेदय बाल क्लबकी अध्यक्ष लक्ष्मी श्रेष्ठ सभापति थिइन् भने सिर्जनशील बाल क्लबकी सचिव अदिती केसीले कार्यक्रम संचालन गरेकी थिइन् । घोराही बाल क्लबकी अध्यक्ष मेधावी बुढाथोकी र सिर्जनशील बाल क्लबकी अध्यक्ष स्मारिका चौधरी अतिथिका रुपमा मञ्चमा उपस्थित थिए ।
‘बाल कार्यक्रम भन्ने तर जम्मै ठुलाले भाषण छाँट्ने हुन्थ्यो तर यसपटक सबै जिम्मा बालबालिकालाई दिएका थियौँ । भाइबहिनीहरुले गजबले कार्यक्रम संचालन गरे’ ज्ञानमाला एकेडेमीकी शिक्षिका एवं कार्यक्रमकी संयोजक बिमला दाहालले सुनाइन् ।
कार्यक्रमका प्रमुख अतिथि सर्वाेदय पुस्तकालय एवं वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्तले बालबालिकामा असाधारण क्षमता भएको र सबैले उनीहरुलाई साथ दिनुपर्ने धारणा राखेका थिए ।
बालबालिकालाई सिर्जनशील बनाउन अभिभावकको साथ अपरिहार्य रहेको भन्दै नेपाल बाल साहित्य समाज, लुम्बिनी प्रदेश अध्यक्ष सूर्य बिसीले सबैको साथले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा नेपाल प्रहरी महिला सेल दाङकी विभागीय प्रमुख शारदा उप्रेतीले बढ्दो सामाजिक संजाय, त्यसको दुरुपयोगले बालबालिकामा पारिरहेको गम्भीर असरबारे विशेष प्रस्तुति समेत राखेकी थिइन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सर्वाेदय पुस्तकालयका कोषाध्यक्ष नुमानन्द आचार्य र केही बालबालिकाले समेत आफ्ना मन्तव्य राखेका थिए भने ज्ञानमाला एकेडेमी, आर्वराइजिङ स्कुल, जनज्योति स्कुल, माउण्ट भ्यू स्कुल, नेपाल प्रहरी स्कुल लगायत विद्यालयबाट उल्लेख्य संख्यामा विद्यार्थीहरु सहभागी भएका थिए ।