काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर शनिबार अपराह्न भासिएको सडक मर्मतपछि आज बिहान ९ बजेदेखि सवारीसाधन सञ्चालन भएको हो ।
शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।
मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गरिएको छैन ।