Logo
Logo

चिकित्सा शिक्षाका विद्यार्थीको आन्दोलन आजपनि जारी


252
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले आन्दोलनलाइ निरन्तरता दिएका छन् ।

नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै १६ दिनदेखि आन्दोलनरत उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गर्दै ओएमआर सिट हेर्न पाउँ, विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पाइँदैन भन्ने लगायतका नारा लगाएका थिए ।

आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि लुकाएको र अव आयोगमाथि नै विश्वास नरहेको आन्दोलनरत विद्यार्थी जीवन सिंहले बताए । उनले आफुहरुले अदालतको ढोका ढकढकाएकाले अदालतले नै न्याय दिने विश्वास व्यक्त गरे ।

आयोगले प्रकाशित गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा एमबीबीएसतर्फ गम्भीर त्रुटि गरेको तथ्य बाहिरएसँगै विद्यार्थीहरुले आफुले लेखेको उत्तरपुस्तिका, अयोगले दिएको नम्बरको एन्सर कि र आयोगले सोधेको प्रश्नपत्र हेर्न पाउनु पर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्